सहर त्यो स्वर्गको टुक्रा,
सुन्दर, मनमोह, मनोरम चित्र,
बोल्छन, खान्छन, हिड्छन,
त्यो शहरका मुर्दा बिचित्र,
कसरी गरु बयान त्यो सहरको,
भयो बरदान अभिशाप बताई देउ मित्र,
म हु कि पागल, चिचाउदै कराउदै
जीवन खोजीरहेछु मुर्दाको शहर भित्र,
बोल्छन, खान्छन, हिड्छन,

त्यो शहरका मुर्दा बिचित्र
चिर निद्रामा मस्त मुर्दा,
बिउझाउने छन अनेक बादका सुत्र,
तोडि जालो मोहमायाको
बिउझिने को छ यहाँ धर्ती पुत्र,
बोल्छन, खान्छन्, हिड्छन,
त्यो शहरका मुर्दा बिचित्र,
शहर त्यो स्वर्गको टुक्रा,
सुन्दर, मनमोह, मॅनोरम चित्र,