सहर त्यो स्वर्गको टुक्रा,
सुन्दर, मनमोह, मनोरम चित्र,
बोल्छन, खान्छन, हिड्छन,
त्यो शहरका मुर्दा बिचित्र,
कसरी गरु बयान त्यो सहरको,
भयो बरदान अभिशाप बताई देउ मित्र,
म हु कि पागल, चिचाउदै कराउदै
जीवन खोजीरहेछु मुर्दाको शहर भित्र,
बोल्छन, खान्छन, हिड्छन,
त्यो शहरका मुर्दा बिचित्र
चिर निद्रामा मस्त मुर्दा,
बिउझाउने छन अनेक बादका सुत्र,
तोडि जालो मोहमायाको
बिउझिने को छ यहाँ धर्ती पुत्र,
बोल्छन, खान्छन्, हिड्छन,
त्यो शहरका मुर्दा बिचित्र,
शहर त्यो स्वर्गको टुक्रा,
सुन्दर, मनमोह, मॅनोरम चित्र,
मुर्दाहरुको शहर
Kishor Gaire
(C) All Rights Reserved. Poem Submitted on 06/22/2021
Poet's note: This poem is written in nepali language.
(1)
Poem topics: , Print This Poem , Rhyme Scheme
<< Free Dreams Poem
Next Poem
About मुर्दाहरुको शहर
मुर्दाहरुको शहर is a poem by Kishor Gaire. This page includes the poem text, poet information, related topics, comments, and similar poems.
Write your comment about मुर्दाहरुको शहर poem by Kishor Gaire
Best Poems of Kishor Gaire